प्रदर्शन गर्दा फोहर गरिएको भन्दै राप्रपालाई महानगरले तिरायो जरिवाना « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

प्रदर्शन गर्दा फोहर गरिएको भन्दै राप्रपालाई महानगरले तिरायो जरिवाना


७ बैशाख २०८१, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रदर्शनका क्रममा महानगर क्षेत्रमा फोहरमैला गरिएको तथा ट्राफिक आइल्याण्डमा क्षति पुगेको भन्दै जरिवाना गराएको छ ।

महानगरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ बमोजिम क्षति भएको आइल्याण्ड मर्मतसम्भार गर्न २२२ रुपैयाँ जरिवाना गराएको छ । त्यस्तै, फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ ९१० बमोजिम पाँच हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको महानगरले जनाएको छ ।

राप्रपा पार्टी कार्यालयमा पत्र पठाउँदै महानगरले क्षतिपूर्तिको रकम महानगरको एनआईसी एशिया बैंकको खाता नम्बर ००१२०५००६१४७५०४७ मा दाखिला गर्न आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस