सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीमा नेकपा एसलाई सघाउन काँग्रेस तयार « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीमा नेकपा एसलाई सघाउन काँग्रेस तयार


६ बैशाख २०८१, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी)लाई मुख्यमन्त्री दिन तयार देखिएको छ ।

बुधबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच काँग्रेस नेता डा.नारायण खड्का निवासमा भएको भेटवार्तापछि मुख्यमन्त्रीमा काँग्रेसले एकीकृत समाजवादीलाई सघाउन तयार रहेको काँग्रेस निकट स्रोतले जनाएको छ । देउवा र नेपालबीच पौने एक घण्टा प्रदेश सरकार निर्माणका विषयमा छलफल भएको थियो । जसमा नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी पक्षले पनि साथ दिने बुझिएको छ ।

सुदुरपश्चिमलगायत अन्य प्रदेश सरकारका विषयमा देउवाले बिहीबार बिहान आफ्नो निवास बुढानीलकण्ठमा शीर्ष नेता एवम् कानुनविदहरुसँग छलफल गरेका थिए ।

सत्ता गठबन्धनमा खटपट भइरहेका बेला प्रमुख प्रतिपक्षी दलका सभापति देउवा र सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष नेपालबिचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । देउवा र नेपालीबिच सुदूरपश्चिम प्रदेश सरकार निर्माण साथै वैकल्पिक गठबन्धन बनाउने विषयमा छलफल भइरहेको हो ।

सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सरकार गठनका लागि दोस्रो पटक आह्वान गरेको समय आज बिहीबार साँझ ५ बजे सकिँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस