गुजरातमाथि दिल्लीको सहज जित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

गुजरातमाथि दिल्लीको सहज जित


६ बैशाख २०८१, बिहिबार


काठमाडौँ । जारी सिजनको इन्डियन प्रिमियर लिग (आइपीएल)मा सर्वाधिक कम स्कोरमा गुजरात टाइटन्सलाई समेटेको दिल्ली क्यापिटल्सले ६ विकेटको जित दर्ता गरेको छ । बुधवार राति भएको खेलमा गुजरात जम्मा ८९ रनमा समेटिएको थियो । आइपीएल इतिहासमा यो सर्वाधिक कम पाँचौं स्कोर हो ।  

टस हारेर पहिला ब्याटिङ गरेको गुजरातका लागि रासिद खानले सर्वाधिक ३१ रनको पारि खेल्दा साई सदर्शनको १२ रन दोस्रो ठूलो र राहुल तेवटियाको १० रन तेस्रो स्थानमा रह्यो ।

रासिदले २४ बलमा एक छक्का र दुई चौकाको मद्दतले ३१ रन बनाएका हुन् । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन नसक्दा गुजरात १७.३ ओभरमा ८९ रनमा समेटिन पुग्यो । गुजरातको पारिलाई ध्वस्त पार्नका लागि मुकेश कुमारले सर्वाधिक तीन विकेट लिँदा इशान्त शर्मा र तृष्टन स्टुब्सले दुई दुई विकेट लिए । 

९० रनको सामान्य लक्ष्यका साथ मैदान उत्रिएको दिल्लीले सुरुआत भने खास गरेन । दिल्लीका लागि ओपनर जेके फ्रासन म्यागर्क २० रन बनाएर आउट हुँदा अर्का ओपनर पृथ्वी सा ७ रनको पारिका साथ बिदा भए । त्यसपछि अभिषेक पोरेलले १५ रन जोड्दा साइ होप १९ रनमा आउट भएका थिए । अन्त्यमा कप्तान ऋषभ पन्त र सुमित कुमारले दिल्लीलाई ८.५ ओभरमै जित दिलाए । कप्तान पन्तले ११ बलमा १६ तथा तथा कुमारले ९ बलमा ९ रनको नटआउट पारि खेले ।

गुजरातका सन्दीप वारियरले २ विकेट लिँदा स्पेनसर जोनसन र रासिद खानले एक एक विकेट लिए । आइपीएल इतिहासमा बल बाँकीको हिसाबले दिल्लीले सर्वाधिक ठूलो जित निकालेको हो । दिल्लीले लक्ष्य ६७ बल बाँकी हुँदा पूरा गरेको हो । 

जारी सिजनमा तेस्रो जित निकालेको दिल्ली तालिकाको छैटौं स्थानमा उक्लिदा गुजरात भने चौथो हारका साथ सातौं स्थानमा खस्किएको छ । आइपीएल अन्तर्गत बिहीबार पन्जाब र मुम्बई भिड्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस