लुम्बिनीमा विषयगत समितिका सभापतिको निर्वाचन मिति तय « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

लुम्बिनीमा विषयगत समितिका सभापतिको निर्वाचन मिति तय


३ बैशाख २०८१, सोमबार


काठमाडौँ । लुम्बिनी प्रदेशमा विषयगत समितिका सभापति छान्नका लागि निर्वाचनको मिति घोषणा भएको छ ।

प्रदेश सभाले सोमबार सूचना जारी गर्दै वैशाख ५ गतेका लागि निर्वाचन मिति घोषणा गरेको हो । सूचनामा प्रदेश सभाका विभिन्न ७ वटा सभापतिको चयन गरिने उल्लेख छ । दलहरूबीच भागबन्डा मिलेलगत्तै निर्वाचन मिति तोकिएको हो । सूचनामा ५ गते बिहान मनोनयन दर्ता हुने जनाइएको छ भने सोही दिन निर्वाचन हुनेछ ।

प्रदेशमा सार्वजनिक लेखा, अर्थ उद्योग तथा पर्यटन, सामाजिक विकास, भौतिक पूर्वधार विकास, प्रदेश मामिला तथा कानुन, कृषि वन तथा वातावरण तथा विशेषाधिकारी समिति रहेका छन् । यी समितिको नेतृत्वका लागि सत्ता पक्ष र प्रतिपक्षबीच सहमति भएको छ ।

एमालेले तीन, माओवादीले दुई र नेपाली काँग्रेसले २ वटा सभापति पाउने सहमति भएको छ । यसका लागि सोमबार सभामुख तुलाराम घर्तीले मगरले समितिका केही समितिका सदस्यहरूलाई हेरफेर गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस