काँग्रेसका कारण संसद् अधिवेशन अन्त्य गर्नुपर्‍यो : ओली « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

काँग्रेसका कारण संसद् अधिवेशन अन्त्य गर्नुपर्‍यो : ओली


३० चैत्र २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले संसद् सञ्चालन गर्न नदिएका कारण चालु संसद अधिवेशन अन्त्य गर्नुपरेको बताएका छन्।

शुक्रबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद् अधिवेशन अन्त्य र सुरु हुने क्रम जारी रहने बताए।

प्रधानमन्त्री दाहाल र ओलीबीच आज समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको थियो।

आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २ गते राति १२ बजेबाट संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस