एकीकृत समाजवादीले राष्ट्रिय सभा उपाध्यक्षमा एमाले उम्मेदवारलाई मत दिने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एकीकृत समाजवादीले राष्ट्रिय सभा उपाध्यक्षमा एमाले उम्मेदवारलाई मत दिने


२८ चैत्र २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा एकीकृत समाजवादीले एमाले उम्मेदवार विमला घिमिरेलाई मत दिने भएको छ।

गठबन्धनभित्रै रहेकाले मत दिने तय भएको एकीकृत समाजवादीका एक सांसदले जानकारी दिए ।

राष्ट्रिय सभा उपाध्यक्षमा गठबन्धनभित्र एकीकृत समाजवादीले पनि दाबी गरेको थियो।

तर गठबन्धनका तर्फबाट एमालेले उम्मेदवारी दिए पनि एकीकृत समाजवादीले मत दिन लागेको हो।

बुधबार हुने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट घिमिरे र नेपाली काँग्रेसका तर्फबाट विष्णुदेवी पुडासैनीबीच प्रतिस्पर्धा हुँदैछ।

राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, नेपाली काँग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३, जनमोर्चा, लोसपा, मनोनीत गरी १-१ सांसदले मत हाल्नेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस