एक महिना बित्दा पनि प्रहरीले दोषीलाई नसमातेको पूर्वएआईजीको गुनासो « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एक महिना बित्दा पनि प्रहरीले दोषीलाई नसमातेको पूर्वएआईजीको गुनासो


२६ चैत्र २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यसम्पादन समिति सदस्य एवं सशस्त्र प्रहरी बलका पूर्वएआईजी ठाकुरमोहन श्रेष्ठले आफूमाथि कुटपिट भएको एक महिना बित्दा पनि प्रहरीले गम्भीर अनुसन्धान नगरेको गुनासो गरेका छन् ।

राप्रपा कार्यसम्पादन समितिको बैठकमा भएको विवादलाई लिएर श्रेष्ठमाथि उपाध्यक्ष विक्रम पाण्डेको समूहले २७ फागुनमा कुटपिट गरेको थियो । लगत्तै आफूले ठाडो उजुरी दिएको र कानुनी उपचार खोज्ने पार्टी निर्णयपछि विधिपूर्वक प्रहरी वृत्त, महारागञ्जमा किटानी जाहेरी दिएको उनले बताए ।

श्रेष्ठले भने, ‘तर एक महिना बितिसक्दा पनि प्रहरीले कसैलाई पक्राउ गरेको छैन । राजधानीमा भएको घटनामा अनौठो किसिमले प्रहरीले अहिलेसम्म मान्छे समात्न सकेन ।’

उनले पूर्वमन्त्री विक्रम पाण्डेसहित केही व्यक्तिविरुद्ध ज्यान मार्ने उद्योग गरेको कसूरमा जाहेरी दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस