दीपेन्द्रको कप्तानीमा बरोडाविरुद्ध फिल्डिङ गर्दै नेपाल « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

दीपेन्द्रको कप्तानीमा बरोडाविरुद्ध फिल्डिङ गर्दै नेपाल


२३ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी-२० कप क्रिकेटमा आज चार परिवर्तन गरेको छ ।

नेपालको नियमित कप्तान रोहित पौडेल आज विश्राममा छन् । बरोडाविरुद्धको खेलमा कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन् । नेपालले टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ ।

पछिल्लो गुजरातसँगको खेलबाट नेपालले टोलीमा चार परिवर्तन गरेको छ । तीव्र गतिका बलर अभिनाश बोहरा, रोहित पौडेल, आसिफ शेख र सोमपाल कामी आज बेच्नमा छन् ।

नेपाल फाइनलमा पुगिसकेको हुँदा उनीहरूलाई विश्राम दिइएको हो । नेपालको टोलीमा ललित राजवंशी र आकाश चन्दले खेल्ने मौका पाएका छन् । पछिल्लो खेलमा विश्राम पाएका करण केसी र दीपेन्द्र टोलीमा फर्किएका हुन् । विकेटकिपरको भूमिका अनिल शाहले गर्नेछन् ।

नेपाल सुरुवाती तीन खेलमा जितका साथ फाइनलमा पुगेको छ । बरोडा सुरुवाती तीन खेलमा हारका साथ फाइनल दौडबाट बाहिरिसकेको छ ।

नेपालले फाइनल आइतबार गुजरातसँग खेल्नेछ । पहिलो खेलमा नेपालले बरोडालाई २७ रनले हराएको थियो । १५७ रनको लक्ष्य बरोडाले पछ्याउनेक्रममा २० ओभरमा १२९ रनमा अलआउट भएको थियो । नेपालले गुजरातलाई ८ विकेट र ८ रनले हराएको थियो । उता बरोडा गुजरातसँग ५ विकेट र ५७ रनले पराजित भएको थियो ।

नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी (कप्तान), ललित राजवंशी, करण केसी, प्रतिश जिसी र आकाश चन्द छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस