जीवी राईलाई पक्राउ गर्न मलेसियाका गृह मन्त्रीसँग कुरा गरिसकेको रवि लामिछानेको दाबी « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

जीवी राईलाई पक्राउ गर्न मलेसियाका गृह मन्त्रीसँग कुरा गरिसकेको रवि लामिछानेको दाबी


२५ बैशाख २०८१, मंगलबार


काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका जीवी राईलाई पक्राउ गर्न मलेसियाका गृहमन्त्रीसँग कुरा भइसकेको बताएका छन्।

सिंहदरवारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले राईलाई पक्राउ गर्नेबारे आफूले मलेसियाका गृहमन्त्रीसँग छलफल गरिसकेको बताएका हुन्।

रास्वपा सभापति समेत रहेका लामिछानेले केही कानुनी जटिलताका कारण राईलाई ल्याउन अप्ठ्यारो पर्ने भए पनि त्यसबारे समेत त्यहाँको राजनीतिक तहमा छलफल गरेको दाबी गरे।

लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका राई नेपालबाट भाग्ने वातावरण कसरी बन्यो यसबारे समेत आफूले नजिकबाट हेरिरहेको बताए। राईमाथि अनुसन्धान जारी रहेको र अहिले सबै कुरा भन्न नमिल्ने उनले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस