अब साझाको पेट्रोल पम्प चौबिसै घण्टा खुला हुने « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

अब साझाको पेट्रोल पम्प चौबिसै घण्टा खुला हुने


२१ चैत्र २०८०, बुधबार


काठमाडौँ । साझा पेट्रोल पम्प अब चौबिसै घण्टा खुला हुने भएको छ ।

बुधबार साझा सेवा सहकारी बल्खुमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चौबिसै घण्टा पेट्रोल पम्प खुला गर्ने कार्यक्रम उद्घाटन गरेका छन् ।

अघिल्लो साताबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पम्प चौबिसै घण्टा खुला गरिएको थियो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि सुरक्षा निकायले आफ्ना पम्प चौबिसै घण्टा खुला गरेका थिए ।

नेपाल आयल निगम प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार देशभरि नै एउटा पालिकाभित्र कम्तीमा एउटा पम्प चौबिसै घण्टा खुला गर्ने योजना छ । यसका लागि आवश्यक तयारी पूरा गरी क्रमशः खुला गर्दै लैजाने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस