विश्वासको मत लिँदै मुख्यमन्त्री चौधरी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विश्वासको मत लिँदै मुख्यमन्त्री चौधरी


२० चैत्र २०८०, मंगलबार


काठमाडौँ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यही चैत २२ गते विश्वासको मत लिने भएका छन् ।

प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोषकुमार पाण्डेयका अनुसार, आउँदो बिहीबार अपराह्न ४ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारी छ । त्यसका निम्ति प्रदेशसभा बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस पठाइएको उनले जानकारी दिए ।

केन्द्रमा सत्तासमीकरण फेरिएसँगै गएको फागुन २३ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

लुम्बिनी प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का २९, नेपाली काँग्रेसका २७, माओवादी केन्द्रका १० (सभामुख बाहेक), राप्रपा र नागरिक उन्मुक्तिका चार/चार सदस्य छन् । राप्रपाका जानकीलाल यादव भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित छन् । जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका तीन/तीन प्रदेशसभा सदस्य छन् । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक/एक प्रदेश सभा सदस्य छन् । साथै, एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस