कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिने


२० चैत्र २०८०, मंगलबार


काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र सभाबाट विश्वासको मतले लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुरूप मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिन लागेका हुन् । 

केन्द्रको समीकरण बदलिएसँगै सरकारका सहभागी नेपाली काँग्रेस गत फागुन २२ गते सरकारबाट बाहिरिएको थियो । 

यद्यपि केन्द्रीय सत्तारुढ गठबन्धनले कर्णाली एमालेको भागमा पारेपछि मुख्यमन्त्री शर्मा अन्योलमा छन् । केन्द्रको यो निर्णयप्रति माओवादी प्रदेश तहका नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस