प्रशिक्षार्थी कर्मचारी नियुक्ति गर्न खोजेकोबारे शिक्षा मन्त्रीसँग जवाफ माग « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

प्रशिक्षार्थी कर्मचारी नियुक्ति गर्न खोजेकोबारे शिक्षा मन्त्रीसँग जवाफ माग


१९ चैत्र २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सरकारी कर्मचारीलाई पन्छाएर प्रशिक्षार्थी कर्मचारी नियुक्ति गर्न खोजेको विषयबारे जवाफ माग गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले भने, ‘सरकारी कर्मचारीलाई पन्छाएर नयाँ नियुक्ति गरेर नयाँ जिम्मेवारी दिने कोसिस गरिएको खबर आइरहेको छ । यी तमाम विषय संसद्लाई जानकारी गराइनुपर्छ ।’

हालै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रशिक्षार्थी कर्मचारी परिचालन गर्न नयाँ कार्यविधि ल्याएको छ । उक्त कार्यविधिका सन्दर्भमा काँग्रेस सांसद पौडेलले जवाफ माग गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस