राष्ट्र हितविरोधी गठबन्धन फालेर राष्ट्रवादी नयाँ समीकरण बनेको शंकर पोखरेलको दाबी  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्र हितविरोधी गठबन्धन फालेर राष्ट्रवादी नयाँ समीकरण बनेको शंकर पोखरेलको दाबी 


५ चैत्र २०८०, सोमबार


काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतामा छाएको चरम निराशालाई चिरेर आशाको सञ्चार गर्न नयाँ गठबन्धन निर्माण गर्नुपरेको बताएका छन् । अहिलेको गठबन्धन देश र जनताका लागि अनिवार्य भएकोले नेतृत्वले यस्तो निर्णय लिनुपरेको उनको भनाइ थियो ।

नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको आज बसेको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मुलुकका लागि नेतृत्वले कहिलेकाहीँ निकै छिटो निर्णय लिनुपर्ने अवस्था आउने र सोहीअनुसार अहिले पार्टी नेतृत्वले निर्णय लिएको बताए ।

उनले एमालेकै पहलकदमीमा काँग्रेस नेतृत्वको राष्ट्रहितविरोधी गठबन्धन फालेर एमाले नेतृत्वको राष्ट्रवादी गठबन्धन बनेको दाबी गरे ।

‘अहिलेको गठबन्धन जनतामा आशा जगाउन हो । हामीले यसलाई गठबन्धनभन्दा पनि नयाँ सत्ता समीकरण भनेका छौँ’, महासचिव पोखरेलले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस