सुन प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष महरा नर्भिक अस्पताल भर्ना « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुन प्रकरणमा पक्राउ परेका माओवादी उपाध्यक्ष महरा नर्भिक अस्पताल भर्ना


५ चैत्र २०८०, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका महराको स्वाास्थयमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । 

महरा बिरामी रहेकाले अस्पताल भर्ना गराउनू भनेर जिल्ला अदालत काठमाडौँले पनि आदेश दिएकाले महरालाई नर्भिक अस्पतालमा भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ । 

जिल्ला अदालत काठमाडौँले उनलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिँदै स्वास्थ्य अवस्थाका कारण अस्पतालमा राख्न आदेश दिएको थियो ।

सम्बन्धित समाचार : महरालाई अस्पतालमा राख्न अदालतको आदेश

सम्बन्धित समाचार : पूर्वसभामुख महरालाई चार दिन हिरासतमा राख्न अनुमति

सम्बन्धित समाचार : ब्रेकिङ न्युज : कृष्णबहादुर महरालाई काठमाडौँ फर्काइयो, विमानस्थलबाट पक्राउ गर्ने तयारी 

Tags :
प्रतिक्रिया दिनुहोस