योजना आयोगका चार सदस्यको राजीनामा स्वीकृत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

योजना आयोगका चार सदस्यको राजीनामा स्वीकृत


२ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय योजना आयोगका चार सदस्यले दिएको राजीनामा स्वीकृत भएको छ । आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले उनीहरूको राजीनामा स्वीकृत गरेको प्रेस सल्लाहकार रोयल आचार्यले जानकारी दिए ।

सत्ता गठबन्धन परिवर्तन भएसँगै आयोगका सदस्यहरू डा. प्रभु बुढाथोकी, डा. अनिता शाह ढुङ्गाना, प्रा.डा. आरपी विच्छा र डा. जयकान्त राउतले राजीनामा दिएका थिए । काँग्रेस र जनमत पार्टी प्रतिपक्षमा पुगेसँगै आयोगका सदस्यहरूले फरक फरक समयमा राजीनामा दिएका थिए । 

बुढाथोकी, ढुङ्गाना र विच्छा नेपाली काँग्रेस तथा राउत जनमत पार्टीको सिफारिसमा सदस्य बनेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस