समीकरण फेरिएपछि एमालेद्वारा कोशीका मुख्यमन्त्रीको राजीनामा माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

समीकरण फेरिएपछि एमालेद्वारा कोशीका मुख्यमन्त्रीको राजीनामा माग


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ। काठमाडौँमा सत्ता समीकरण फेरिएपछि एमालेले कोशीका मुख्यमन्त्री केदार कार्कीको राजीनामा मागेको छ ।

२७ असोजमा एमालेका ३९ सांसद र आफ्ना दलबाट विद्रोह गरेका ८ सांसदको समर्थनमा काँग्रेस नेता केदार कार्की मुख्यमन्त्री बनेका थिए ।

संविधानको धारा १६८(५) अनुसार नियुक्त भएका कार्कीलाई पछि नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले पनि विश्वासको मत दिएको थियो । प्रदेश सभामा कार्कीले राप्रपाका ६ सांसदबाहेक अरूको विश्वासको मत पाएका थिए ।

तर सोमबार नयाँ राजनीतिक समीकरण बनेपछि एमालेले मुख्यमन्त्री कार्कीको राजीनामा माग गरेको हो । नेकपा एमाले कोशी प्रदेश प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री केदार कार्कीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।

भण्डारीले प्रदेशमा नयाँ सरकार गठनका लागि गठबन्धनभित्र सल्लाह गरेर अघि बढ्ने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस