रमेश लेखकले भने-संविधान संशोधन गर्ने बेला भयो « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

रमेश लेखकले भने-संविधान संशोधन गर्ने बेला भयो


१७ बैशाख २०८१, सोमबार


काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संविधान संशोधनमा जानुपर्ने बताएका छन् ।

सोमबार कञ्चनपुरको वेलडाँडी गाउँपालिकास्थित चवन्नी बजारमा बजार व्यवसायीसँगको अन्तरक्रिया कार्यक्रममा लेखकले संविधान संशोधन गर्नुपर्ने बेला भएको बताएका हुन् ।

‘२०७२ सालमा संविधान जारी भएपछि संविधानले ८ वर्ष पूरा गरेको छ,’ लेखकले भने, ‘संविधानका विविध अवसर, चुनौती, समस्या र अवसर लगायतका कुराहरूमा आवश्यक समीक्षा जरुरी भएको छ । संविधानको समीक्षा गरेर आवश्यक संशोधन गर्नुपर्छ।’ काँग्रेसले संविधान पुनरावलोकनका लागि पहल र प्रयत्न गर्नुपर्ने नेता लेखकको भनाइ थियो ।

संविधानका मूल तत्त्वहरूलाई प्रभावित नगर्ने गरी संविधान पुनरावलोकनमा जानुपर्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस