नयाँ सत्ता गठबन्धनका तीन मन्त्रीले शपथ लिँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नयाँ सत्ता गठबन्धनका तीन मन्त्रीले शपथ लिँदै


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । नयाँ सत्ता गठबन्धनका तीन जना नयाँ मन्त्रीहरूले सोमबार शपथ लिने भएका छन्।

सत्ता गठबन्धनको बैठकले एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

नयाँ मन्त्रीहरूको शपथ आजै गर्ने तयारी छ। ती नेताका अनुसार अरू शीर्ष नेताहरू मन्त्रालयको टुंगो लागेपछि सरकारमा सहभागी हुनेछन्।

गिरी पर्वत, तामाङ नुवाकोट–१ र अर्याल रास्वपाबाट समानुपातिकमा निर्वाचित सांसद हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस