वैदेशिक रोजगार विभागका नासु पाण्डे दोषी ठहर, तोकियो सजाय र जरिवाना « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

वैदेशिक रोजगार विभागका नासु पाण्डे दोषी ठहर, तोकियो सजाय र जरिवाना


४ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे दोषी ठहर भएका छन् । सेवाग्राहीसँग घुस मागेको आरोप लागेका पाण्डेलाई विशेष अदालतले दोषी ठहर गरेको विशेष अदालतका उपरजिस्ट्रार तथा प्रवक्ता धनबहादुर कार्कीले बताए  

अदालतले शुक्रबार फैसला गर्दै पाण्डेलाई ३ महिना कैद र ३० हजार रुपैयाँ बिगो तथा बिगो बमोजिम जरिवाना सजाय सुनाएको प्रवक्ता कार्कीले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पाण्डेलाई सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार : वैदेशिक रोजगार विभागका नासु पाण्डे घूससहित पक्राउ

मुद्दाको मिलापत्रपछि बैंक रोक्का फुकुवा गर्ने सम्बन्धमा घुस मागेको पाण्डेमाथि अभियोग थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस