वैदेशिक रोजगार विभागका नासु पाण्डे घूससहित पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वैदेशिक रोजगार विभागका नासु पाण्डे घूससहित पक्राउ


२९ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । वैदेशिक रोजगार विभागका नायव सुब्बा प्रमोद पाण्डे पक्राउ परेका छन् ।

वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात् रोक्का भएको बैङ्क खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग घूस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनलाई ३० हजार घूससहित पक्राउ गरेको हो । 

खानतलासी गर्दा स्रोत नखुलेको थप ३२ हजार ५५ रुपैयाँ पनि फेला परेको अख्तियारले जनाएको छ । कार्यकक्षबाट मंगलबार पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस