काँग्रेसको क्रियाशील सदस्य ८ लाख ६९ हजार ५५१ जना « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काँग्रेसको क्रियाशील सदस्य ८ लाख ६९ हजार ५५१ जना


३ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीमा ८ लाख ६९ हजार ५५१ जना क्रियाशील सदस्य रहेको बताएका छन् ।

महासमिति बैठकको लागि तयार पारिएको सांगठनिक प्रतिवेदनमा क्रियाशील सदस्यमध्ये १ लाख १४ हजार ५२५ जना पार्टीको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएको उल्लेख गरेका छन् ।

उनले काँग्रेसमा लागेर पद पाइएला वा नपाइएला, सत्तामा हुँदा मलाई के फाइदा होला भनेर व्यक्तिगत स्वार्थ नहेर्ने ठूलो सङ्ख्या पार्टीमा आबद्ध भएको उल्लेख गरेका छन् ।

आमनिर्वाचनको प्रतिस्पर्धामा कहिल्यै नजितेका र निकट भविष्यमा समेत जित्ने सम्भावना नरहेका ठाउँमा पनि आदर्शको झिल्को जोगाएर संगठनलाई जीवन्त राख्ने काँग्रेसजनको उच्च समर्पण भाव अतुलनीय रहेको महामन्त्री थापाले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस