एमाले धादिङको अध्यक्षमा प्यानलसहित भूमि त्रिपाठी निर्वाचित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमाले धादिङको अध्यक्षमा प्यानलसहित भूमि त्रिपाठी निर्वाचित


३ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी निर्वाचित भएका छन् । मत गणनाको अन्तिम परिणामअनुसार त्रिपाठीले ३०९ मत पाएर जितेका छन् । प्रतिद्वन्द्वी डा। रामकुमार अधिकारीले २३८ मत पाएका छन् ।

विवादका कारण रोकिएको निर्वाचन प्रक्रिया केन्द्रले नै हस्तक्षेप गरेर नयाँ अध्यक्ष मण्डल बनाएपछि सुरु भएको थियो । कमिटीका अधिकांश पदाधिकारी र सदस्य पनि त्रिपाठी प्यानलकै निर्वाचित भएका छन् ।

कमिटीको उपाध्यक्षमा त्रिपाठी प्यानलकै अर्जु श्रेष्ठ, सचिवमा राधिका सापकोटा र उपसचिमा महिलातर्फ उर्मिला रेग्मी र खुलातर्फ भक्तवहावदुर लामिछाने निर्वाचित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस