बझाङमा चार सय मत गणना हुँदा एमालेलाई अग्रता « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

बझाङमा चार सय मत गणना हुँदा एमालेलाई अग्रता


१६ बैशाख २०८१, आइतबार


चैनपुर (बझाङ) । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना सुरु भएको छ ।

छविसपाथिभेरा गाउँपालिका-२ सरस्वती मावि मतदान केन्द्रको चार सय मतगणनामा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का दमनबहादुर भण्डारीले एक सय ५७ मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले एक सय ३२ मत प्राप्त गरेका छ ।  

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी०का दिलबहादुर सिंहले ५१ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का जनकबहादुर बुढाले ४७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्काले एक मत प्राप्त गरेका छन् ।  

Tags :
प्रतिक्रिया दिनुहोस