इलाम-२ को प्रारम्भिक मत परिणाम, काँग्रेसको अग्रता « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

इलाम-२ को प्रारम्भिक मत परिणाम, काँग्रेसको अग्रता


१६ बैशाख २०८१, आइतबार


काठमाडौँ । इलाम-२ को उपनिर्वाचन अन्तर्गत गणना जारी छ । मतगणनाको पहिलो अपडेट सार्वजनिक हुँदा काँग्रेसले अग्रता लिएको छ ।

फाकफोकथुम १ को गणना सकिँदा काँग्रेसका डम्बर खड्काले सुरुवाती अग्रता लिएका हुन् । उनले ६५७ मत ल्याउँदा एमालेका सुहाङ नेम्वाङ दोस्रो स्थानमा छन् । उनले ५३४ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमको १८७ र रास्वपाका मिलन लिम्बूको ११५ भोट छ । पहिलो चरणमा फाकफोकथुम गाउँपालिका १ को १५३९ मत गनिएको छ । त्यहाँ १७ मत बदर भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस