मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ८९ जना पक्राउ « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ८९ जना पक्राउ


२९ माघ २०८०, सोमबार


पक्राउ

काठमाडौँ । पछिल्लो ६ महिनाको अवधिमा मात्रै मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न ८९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती मध्ये ६७ जना पुरुष र २२ जना महिला रहेका छन् ।

चालू आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनाको अवधिमा नै जम्मा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी ७९ वटा मुद्दा दर्ता भएका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) भिमप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार यसै अवधिमा १४९ जनालाई अभियोग लागेको छ भने देशभरबाट २३६ जनालाई उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये १५० महिला, २६ पुरुष र ६० बालिका रहेका छन् प्रवक्ता डीआईजीपी ढकालले बताए ।

मानव वेचबिखन तथा ओसारपसार सम्बन्धी अपराध नियन्त्रण गर्न प्रहरी प्रधान कार्यालय अन्तरगत रहने गरी मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलले विशिष्टिकृत इकाईको रूपमा काम गर्दै प्रहरीको दाबी छ । सम्बन्धित अपराध अनुसन्धानलाई प्रभावकारी र परिणाममुखी बनाउन ब्युरोले सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्दै आएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

२०७५ सालमा स्थापना भएको मानव बेचबिखन अनुसन्धान ब्युरोको अहिलेसम्म जम्मा एक हजार ११८ जना पक्राउ गरिसकेको छ । ती मध्ये ७८३ जना पुरुष र ३३५ जना महिला पक्राउ परेका छन् । यसै अवधिमा १ हजार ९१९ जनालाई अभियोग लागेको छ । यसै अवधिमा जम्मा ८९२ मुद्दा दर्ता भएका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले मुख्यतः मानव बेचबिखन तथा ओसारपसार अपराधको अनुसन्धान तथा नियन्त्रण र पीडितको उद्धार गर्दै आएको ब्युरोले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस