दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दै सभामुख « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्दै सभामुख


१९ माघ २०८०, शुक्रबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले आज दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफलका लागि बोलाएका छन् । संसद् अधिवेशनको तयारी सम्बन्धमा आज ४ बजे बैठक बस्ने बैठकमा छलफल गर्न बोलाएका हुन् ।

सभामुखको सचिवालयको अनुसार सिंहदरवारस्थित कार्यकक्षमा बस्ने बैठक आगामी अधिवेशनलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित रहने जनाइएको छ । सभामुख घिमिरेले सदनलाई व्यवस्थित र प्रभावकारी बनाउन क्यालेन्डरअनुसार चलाउने तयारी गरेका छन् ।

सरकारले संसद् अधिवेशन आह्वान गरेपछि समितिमा रहेका विधेयकहरूको विषयमा पनि सभामुखले चासो राख्दै आएका छन् । संघीय संसद्को हिउँदे अधिवेशन यही सोमबार सुरु हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस