तीन वटा संसदीय समितिको बैठक बस्दै « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

तीन वटा संसदीय समितिको बैठक बस्दै


१८ बैशाख २०८१, मंगलबार


काठमाडौँ । संघीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । 

दिउँसो २ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छ । बैठकमा नेपालमा ज्येष्ठ नागरिक सम्बन्धी विद्यमान कानुन, उनीहरूका लागि राज्यका तर्फबाट भएका व्यवस्था, बुढ्यौली जनसङ्ख्या तथा वृद्धाश्रम/ज्येष्ठ नागरिक मिलन केन्द्रको वर्तमान अवस्था सम्बन्धमा छलफल हुनेछ । 

त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक माथि छलफल हुनेछ । 

त्यस्तै बिहान साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको आगामी कार्यक्रम सम्बन्धमा छलफल हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस