२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद श्रेष्ठद्वारा त्रिविको उपकुलपति छनोटबारे प्रधानमन्त्रीलाई पाँच बुँदे ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि पुनरावलोकन गर्न माग गरेकी छन् ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्य समेत रहेकी श्रेष्ठले मंगलबार प्रधानमन्त्रीलाई सिंहदरवारमा भेट्दै पाँचबुँदे पत्र पनि बुझाएकी छन् ।

जसमा पुस २३ गते उपकुलपतिमा दाबी पेश गर्न सरकारी कार्यदलले गरेको आह्वान अस्पष्ट, अपूर्ण र समस्याग्रस्त रहेको जिकिर गरिएको छ । आफू कार्यविधिमा खोट देखाउन मात्रै उपस्थित नभएको भन्दै उनले समाधानका उपाय पनि सुझाएकी छन् ।

श्रेष्ठले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘आवेदन दिएका उम्मेदवारमा उत्तर पुस्तिका नष्ट भएका आरोपित व्यक्तिदेखि बौद्धिक चोरीको आरोप लागेका व्यक्तिसमेत छन्, कार्यविधिमा कमजोरी रहेकैले उनीहरूले फेरि आवेदन दिन सके ।’

श्रेष्ठले हाभर्ड विश्वविद्यालयमा बौद्धिक चोरी आरोप लागेपछि राजीनामा दिएकी क्लाउडिन गे, युनिभर्सिटी अफ् नर्थ क्यारोलाइनाकी भिसी टेरी माग्नुसन लगायतको दृष्टान्त दिँदै आवेदक तीर्थ खनियाँको नाम सूचीमा राखिएकोमा आपत्ति जनाएकी छन् ।

श्रेष्ठले भिसी छनोटको विधि शीर्षकमा दिइएको मूल्यांकनको आधार र अंकभारमा पनि समस्या औँल्याएकी छन् । उनले विगतमा पार्टीमा आबद्ध व्यक्तिसमेत दरखास्त दिन अघि सर्नुले कार्यविधिको उल्लंघन देखिने भए पनि पार्टीमा नरहेको भनी गर्नुपर्ने स्वघोषणा आदिमा रहेको अस्पष्टताबारे पनि औँल्याएकी छन् ।

प्रधानमन्त्रीले त्रिविको उनान्पचासौं दीक्षान्त समारोहमा व्यक्त गरेको राजनीतिक भागबन्डा अन्त्यको आश्वासन विपरीत दरखास्त आह्वान भएको र त्यसै अनुसारका कतिपय नाम पर्न गएकाले शंकास्पद, त्रुटिपूर्ण काम भएको भन्दै सांसद श्रेष्ठले असन्तोष जनाएकी छन् ।

सांसद श्रेष्ठले प्रधानमन्त्रीलाई बुझाएको पत्रसँगै त्रिविको भिसी नियुक्ति कार्यविधि, अनुसूची पनि बुझाएकी छन् । श्रेष्ठसँगै गएका रास्वा उपाध्यक्ष डिपी अर्याल र निशा डाँगी समेतलाई भेट्दै प्रधानमन्त्रीले आफू यस पत्रबाट थप गम्भीर भएको भन्दै सुझावका लागि धन्यवाद दिए । उनले आफू त्रिविको भविष्यलाई लिएर चिन्तित भएको भन्दै अझै समय लिएर सोच्ने पनि आश्वासन दिएको श्रेष्ठले बताइन् ।