डा. शशांक कोइरालाले भने-काँग्रेस चीनसँग सहकार्य गर्न इच्छुक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डा. शशांक कोइरालाले भने-काँग्रेस चीनसँग सहकार्य गर्न इच्छुक


१४ माघ २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले आफूहरू चीनसँग सहकार्य गर्न इच्छुक रहेको बताएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयान सहित काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले काँग्रेसले चीनसँग सहकार्य गर्न चाहेको बताएका हुन् ।

चीनको आर्थिक विकास प्रशंसायोग्य रहेको बताउँदै उनले नेपालले विकासमा सहकार्य गर्न चाहेको बताए ।

नेपालमा भूकम्प जाँदा र कोभिडको समयमा चीनले गरेको सहयोग सम्झिँदै नेता कोइरालाले नेपाल–चीन सम्बन्ध पञ्चशीलमा आधारित रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस