बिपीका उपकुलपति कार्कीलाई कारबाही गर्न माग गर्दै मन्त्रालयलाई हर्क साम्पाङको पत्र « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बिपीका उपकुलपति कार्कीलाई कारबाही गर्न माग गर्दै मन्त्रालयलाई हर्क साम्पाङको पत्र


८ माघ २०८०, सोमबार


काठमाडौँ। धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीलाई कारबाही गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र लेखेका छन् ।

कार्कीले कार्यकारिणी समितिको बैठक बसाउन नसेका कारण प्रतिष्ठानका शिक्षक, कर्मचारी, चिकित्सकको समस्या सम्बोधन हुन नसकेको भन्दै मेयर राईले मन्त्रालयलाई कानुन बमोजिम कारबाही गर्न पत्र पठाएका हुन् ।

‘स्वास्थ्य मन्त्रालयबाट कार्यकारिणी समितिको बैठक तुरुन्तै बसाउन निर्देशन दिएपनि हालसम्म कुनै बैठक राख्न नसकेकाले प्रतिष्ठान शिक्षक, कर्मचारी चिकित्सकको माग सम्बोधन जस्ता विषयमा अन्यौलता देखिएको छ,’ पत्रमा भनिएको छ, ‘ हालको विद्यमान परिस्थितको समस्याको समाधान गर्न नसकेको हुँदा निजलाई कानुन मुताविक तुरुन्तै आवश्यक कारबाही अघि बढाइदिनुहुन अनुरोध छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस