सञ्चार मन्त्रीको एक वर्ष : नीतिगत सुधारदेखि सामाजिक सञ्जाल नियमनसम्म « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सञ्चार मन्त्रीको एक वर्ष : नीतिगत सुधारदेखि सामाजिक सञ्जाल नियमनसम्म


४ माघ २०८०, बिहिबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै कार्यशैलीमा नवीनता ल्याउने, सुधारात्मक र प्रगति उन्मुख कार्यक्रमबाट सेवा प्रवाहमा नयाँपन दिने प्रयत्न गरिरहेको बताएकी छन् ।

मन्त्रालय सम्हालेको एक वर्ष पुरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले आवश्यक कानुन र नीति निर्माण गर्दै सेवामा गुणस्तरीयता ल्याई सुशासनमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ गराउन सफल भएको बताइन् ।

‘फ्रिक्वेन्सी लाइसेन्स ओगटेर राख्ने, राज्यलाई राजश्व नतिर्ने र काम नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न फ्रिक्वेन्सी नीति २०६९ (संशोधन २०७३)लाई परिमार्जन गरी फ्रिक्वेन्सी नीति २०८० जारी गरिएको छ’, मन्त्री शर्माले भनिन्, ‘यसबाट २०८१ साउन १ गतेदेखि प्रविधि तटस्थताको नीति लागु हुनेछ ।’

सम्बोधनको पूर्णपाठ :

Tags :
प्रतिक्रिया दिनुहोस