तीनबुँदे माग राख्दै रेलवे प्रभावितले दिए आन्दोलनमा उत्रने चेतावनी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

तीनबुँदे माग राख्दै रेलवे प्रभावितले दिए आन्दोलनमा उत्रने चेतावनी


२३ पुस २०८०, सोमबार


काठमाडौँ । रेलवे प्रभावित तथा मुआब्जा समन्वय समिति कोशी प्रदेशले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर लिखित रूपमा तीनबुँदे माग राखेको छ ।

सोमबार बिहान प्रधानमन्त्री ‘प्रचण्ड’लाई बालुवाटारमा भेटेर माग प्रस्तुत गरिएको हो । पूर्वपश्चिम विद्युतीय रेलमार्ग काँकरभिट्टा-इनरूवा खण्डको प्रभावितहरूको तर्फबाट झापा, मोरङ, सुनसरी जिल्लाको जिप्रकामार्फत रोक्का राखिएको घर जग्गा तथा लिगलिगापातको मुआब्जा वर्तमान दररेट अनुसार एक महिनाभित्र उपलब्ध गराउन माग गरिएको समिति महासचिव रञ्जित प्रसाईँले बताए।

यस्तै, समितिले आफूहरूले उठाएको माग पूरा नगरे रेल्वे पीडित तथा प्रभावितहरू अन्य जनमानसलाई साथ लिई कानुनी उपचार तथा संघर्षको कार्यक्रममार्फत आन्दोलनमा उत्रने चेतावनी पनि दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस