तत्कालीन ५ गाविस सचिवले पाए सफाइ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

तत्कालीन ५ गाविस सचिवले पाए सफाइ


१८ पुस २०८०, बुधबार


काठमाडौँ ।  तत्कालीन ५ जना गाविस सचिवले सफाई पाएका छन् ।

विशेष अदालतले मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्ध भत्ता खाएको आरोप लागेका उदयपुरको रामपुर ठोक्सिलाका तत्कालीन गाविस सचिवहरूलाई सफाई दिएको हो । 

विशेष अदालतले बुधबार उनीहरूलाई सफाइ हुने फैसला सुनाएको हो । अध्यक्ष टेकनारायण कुँवरसहित तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले तत्कालीन गाविस सचिवहरू केशवप्रसाद आचार्य, लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद खतिवडा र पुष्पराज सिग्देललाई आरोपबाट सफाइ दिएको हो ।

आचार्यविरुद्ध ९ लाख ९० हजार ५ सय, कार्कीविरुद्ध ७८ हजार, सुन्दासविरुद्ध ७२ हजार, खतिवडाविरुद्ध ३ लाख १४ हजार र सिग्देलविरुद्ध एक लाख ७६ हजार बिगो दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ असोज १२ गते विशेष अदालतमा अभियोग पत्र दायर गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस