बझाङमा शान्तिपूर्ण रूपमा मतदान जारी  « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

बझाङमा शान्तिपूर्ण रूपमा मतदान जारी 


१५ बैशाख २०८१, शनिबार


काठमाडौँ । बझाङ जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा शान्तिपूर्णरुपमा मतदान भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीले बताएकी छन् । 

पूर्व निर्धारित समय अनुसार ७ बजे नै सुरु भएको मतदानमा उत्साहजनक भएर मतदाता सहभागी भइरहेको जोशीको भनाई छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको जोशीले बताइन् । 

यो चुनावमा ६१ हजार सात सय ४८ मतदाताले मतदान गर्ने अनुमान गरिएको निर्वाचन कार्यालयले जनाएको छ । बझाङ-१ का प्रदेशसभा सदस्य नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंहको गत असार २५ गते सडक दुर्घटनामा निधन भएपछि रिक्त भएको आज निर्वाचन भइरहेको छ । 

आजको प्रतिस्पर्धामा नेपाली काँग्रेसबाट अभिषेकबहादुर सिंह, नेकपा (एमाले) बाट दमन भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट जनक बुढा र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर सिंहसहित १२ जना प्रतिस्पर्धामा सहभागी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस