राष्ट्रपति पौडेलको उपचार खर्चका लागि ९ लाख ९५ हजार रुपैयाँ निकासा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रपति पौडेलको उपचार खर्चका लागि ९ लाख ९५ हजार रुपैयाँ निकासा


१८ पुस २०८०, बुधबार


काठमाडौँ । अर्थ मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्चका लागि ९ लाख ९५ हजार रुपैयाँ निकासा गरेको छ ।

राष्ट्रपति पौडेलको उपचार खर्चबापत भुक्तानी गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सो रकम निकासा गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सो रकम राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७४ बमोजिम सो रकम प्रदान गरेको जनाएको छ ।

यता इजरायलको दक्षिणी भाग किबुज अलुमिममा हमास समूहको आक्रमणमा परि निधन भएका परिवारलाई राहत स्वरूप प्रति परिवार १० लाखका दरले उपलब्ध गराउन एक करोड रुपैयाँ निकासा गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमार्फत उपलब्ध गराउन सो रकम जिल्लाप्रशासन कार्यालयलाई दिइएको मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को असोज ६ को निर्णय अनुसार सो रकम निकासा गरिएको हो ।

दक्षिण इजरायलको द्वन्द्वग्रस्त क्षेत्र सेदोत नेगेभको किवुज अलुमिनमा हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको एक्स रे मेसिन जडान गर्न सात करोड रुपैयाँ अर्थले निकासा गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस