इलाम-२ मा अग्रता बढाउँदै एमाले « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

इलाम-२ मा अग्रता बढाउँदै एमाले


१७ बैशाख २०८१, सोमबार


काठमाडौँ ।  इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ । एमालेका उम्मेदवार सुहाङ नेम्वाङले ७ हजार ६७७ मत प्राप्त गरेका छन् । 

फाकफोक थुम गाउँपालिका र चुलाचुली गाउँपालिकाको १, २, ३ र ५ वडाको मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ९२४ को मतान्तर बनाएका हुन् ।

सुहाङले ७ हजार ३३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ५ हजार १०९ मत ल्याएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ३ हजार ५१३ मत प्राप्त गरेका  छन् ।  

यस्तैगरी,रास्वपाका मिलन लिम्बूले १ हजार १६६५ मत प्राप्त गरेका छन् । मतगणना जारी छ । 

Tags :
प्रतिक्रिया दिनुहोस