लाखौँ रकम हिनामिना आरोपमा तीन जना कर्मचारी पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

लाखौँ रकम हिनामिना आरोपमा तीन जना कर्मचारी पक्राउ


१८ पुस २०८०, बुधबार


काठमाडौँ । नोबेल अस्पतालको २० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा तीन जना कर्मचारी पक्राउ परेका छन् ।

अस्पतालको काउन्टरमा सङ्कलन हुनुपर्ने रकममध्ये करिब २० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा तीन जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो । साताअघि रकम हिनामिना भएको पाइएपछि अस्पताल प्रशासनले प्रहरीमा उजुरी दिएको थियो । उजुरीको आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालका अनुसार पक्राउ पर्नेमा काउन्टरमा क्यासियरका रूपमा कार्यरत विराटनगर–१ का ४२ वर्षीय सूर्यप्रकाश बराल, विराटनगर–४ का ३० वर्षीय करणदेव विश्वास र सुनसरीको दुहबी–१२ का २९ वर्षीय राजेशकुमार फौदार छन् । अस्पतालको काउन्टरमा सेवाग्राहीबाट विभिन्न कामका लागि भुक्तानी भएको रकम हिनामिना गरेको आरोप उनीहरूमाथि लगाइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेकाहरूले बिरामीबाट काउन्टरमा सङ्कलित रकम हिनामिना गरेको पाइएको छ ।त्यसरी सङ्कलित रकममध्ये केही अंश अस्पतालको खातामा जम्मा गर्ने र अरु रकम आफूहरूले हिनामिना गरेको पाइएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस