प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधिका लागि एपीएफ र कोशी भिड्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधिका लागि एपीएफ र कोशी भिड्दै


१८ पुस २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज सशस्त्र प्रहरी बलको एपीएफ क्लब र कोशी प्रदेशबीच खेल हुदैछ । खेल नेपाल समय अनुसार, बिहान ११:०० बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

एपीएफको टोली पहिलो क्वालिफायर खेलमा कोशी प्रदेशलाई नै ५२ रनले हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको हो । त्यसपछि कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशसँग दोस्रो क्वालिफायर खेल खेलेको थियो । दोस्रो क्वालिफायरमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हराएको थियो ।

त्यसअघि सुदूरपश्चिमको टोलीले इलिमिनेटर खेलमा बलियो बागमती प्रदेशलाई नौ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । प्रतियोगिताको लिग चरणमा पनि एपीएफको टोली अपराजित रहेको थियो ।

लिग चरणको खेलमा एपीएफले आफूले खेलेको सात वटै खेलमा जित हात पारेको थियो । लिग चरणमा १४ अंकसहित एपीएफ क्लब पहिलो भएको थियो । कोशी प्रदेश भने लिग चरणको खेलमा दोस्रो भएको थियो । लिग चरणमा आफूले खेलेका सातमध्ये ६ खेलमा कोशी प्रदेश विजयी भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस