कानुनी सुधारले नेपालमा लगानीको वातावरण बन्छ : निर्देशक मेलोर « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

कानुनी सुधारले नेपालमा लगानीको वातावरण बन्छ : निर्देशक मेलोर


१६ बैशाख २०८१, आइतबार


काठमाडौँ । बेलायतको फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिस (एफसीडीओ)का क्षेत्रीय निर्देशक बेन मेलोरले नेपालमा लगानी गर्न सहज वातावरण बनाउन नेपाल सरकारले कानुन र अध्यादेशद्वारा महत्वपूर्ण आर्थिक सुधार गर्नु पर्ने बताएका छन् ।

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटन सत्रमा आइतबार उनले त्यसका लागि नेपालले गरिरहेको प्रयास सकारात्मक रहेको बताए । उनले भने, ‘म यी प्रयासहरूको प्रशंसा गर्दछु र नेपाललाई आवश्यक लगानी सुरक्षित गर्न सुनिश्चित गर्न द्रुत कार्यान्वयनलाई प्रोत्साहन गर्दछु ।’ बेलायती विकासमन्त्री (एन्ड्रयु मिचेल) ले नेपाल भ्रमणका क्रममा निजी क्षेत्र देश विकासका लागि महत्वपूर्ण रहेको बताएका र त्यसमा आफ्नो समर्थन रहेको बताए ।

नेपाल कम विकसित मुलुकबाट (एलडीसी) माथि उठ्न र युवा शक्तिलाई देशमै राख्न विकास र रोजगारी सिर्जना गर्न निजी क्षेत्रले मात्रै सक्ने उनको दाबी छ ।

स्वदेशी तथा विदेशी प्रत्यक्ष लगानी जुटाउने, पूर्वाधारको स्तरोन्नति, ऊर्जा उपयोग, ठूला व्यवसाय विस्तार र साना तथा मझौला उद्योगहरू फस्टाउने बजार निर्माण गर्न लगानी सम्मेलनले बाटोमा देखाएको मेलोरले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस