पत्रकारहरूको पेसागत असुरक्षा मुख्य चुनौती, सन् २०२३ सन्तोषजनक रहेन : पत्रकार महासङ्घ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पत्रकारहरूको पेसागत असुरक्षा मुख्य चुनौती, सन् २०२३ सन्तोषजनक रहेन : पत्रकार महासङ्घ


१५ पुस २०८०, आइतबार


काठमाडौँ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा सन् २०२३ सन्तोषजनक नरहेको नेपाल पत्रकार महासङ्घले जनाएको छ । विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि प्रेस स्वतन्त्रता हननका घटना भएको महासङ्घले जनाएको छ ।

यो वर्ष पत्रकारहरूको पेसागत असुरक्षा मुख्य चुनौतीको विषय बनेको महासङ्घले जनाएको छ । सन् २०२२ मा प्रेस स्वतन्त्रता हननका ५३ वटा घटना रेकर्ड भएकामा सन् २०२३ मा ५८ वटा घटना महासङ्घको प्रेस स्वतन्त्रता अनुगमन इकाई मा रेकर्ड भएको महासङ्घका महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पुरीका अनुसार सन् २०२३ मा १३ पत्रकार महिला र ७४ पुरुष पत्रकार प्रभावित भएका छन् ।

‘विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि प्रेस स्वतन्त्रता हननका विभिन्न घटना नेपाल पत्रकार महासङ्घको प्रेस स्वतन्त्रता अनुगमन इकाई मा अभिलेख भएका छन् । यस वर्ष पत्रकारको पेसागत असुरक्षा मुख्य चुनौतीको विषय बनेको छ,’ विज्ञप्तिमा भनिएको छ । यो वर्ष ५ वटा सञ्चार संस्था प्रभावित बनेका छन् । गत वर्ष ६ वटा सञ्चार संस्था प्रभावित भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस