गोरखापत्र संस्थानको सल्लाहकारमा रामकृष्ण अधिकारी नियुक्त « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

गोरखापत्र संस्थानको सल्लाहकारमा रामकृष्ण अधिकारी नियुक्त


१३ पुस २०८०, शुक्रबार


काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको व्यवस्थापन, आर्थिक एवम् प्रिन्टिङ सल्लाहकारमा रामकृष्ण अधिकारीलाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोटको सुर्यगढी गाउँपालिाका दुई स्थायी घर भएका अधिकारीलाई गोरखापत्र संस्थान ऐन, २०१९ को दफा १४ को उपदफा एक बमोजिम नियुक्त गरेको हो ।

बैठकले संस्थानकै कानूनी सल्लाहकारमा सुशीला चौधरीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । दुबै जनाको कार्यकाल दुई वर्ष रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस