सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा


१२ पुस २०८०, बिहिबार


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको मुद्दामाथिको सुनुवाइ आज पनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

काठमाडौँ जिल्ला अदालतमा भएको सुनुवाइमा सन्दीपको तर्फबाट दुई जना वकिलले बहस गर्न बाँकी भएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

उनीहरूले बहस सकेपछि जाहेरवालातर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि न्यायाधीश शिशिरराज ढकालले फैसला सुनाउनेछन् । न्यायाधीश ढकालको इजलासबाट गत आइतबार फैसला बहस सुरु भएको थियो । पहिलो दिन वादी पक्षबाट ३ जना सरकारी वकिलले बहस गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस