बझाङमा एमालेका उम्मेदवार भण्डारी ६०८ मतले अगाडि « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

बझाङमा एमालेका उम्मेदवार भण्डारी ६०८ मतले अगाडि


१६ बैशाख २०८१, आइतबार


काठमाडौँ । बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निकटतम् प्रतिद्वन्द्वीभन्दा ६०८ मतले अगाडि रहेका छन् ।

८०७२ सदर मतमध्ये भण्डारीले २८९० मत प्राप्त गरेका छन् । दोस्रो नम्बरमा रहेका नेपाली काँग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले २२८२ मत पाएका छन् ।

नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा तेस्रो नम्बरमा छन् । उनले १७५३ मत पाएका छन् ।

एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ९९९ र राप्रपाका उम्मेदवार किशोरकुमार खड्काले ६३ मत प्राप्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस