प्रदेश सभामा सञ्चार विधेयक पेस गर्ने कोशी मन्त्रिपरिषद् बैठकको निर्णय « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रदेश सभामा सञ्चार विधेयक पेस गर्ने कोशी मन्त्रिपरिषद् बैठकको निर्णय


११ पुस २०८०, बुधबार


मोरङ । कोशी प्रदेश मन्त्रिपरिषद्को आज साँझ भएको बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक-२०८० प्रदेश सभामा पेस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री केदार कार्कीको अध्यक्षतामा भएको  बैठकले उक्त विधेयक प्रदेश सभामा पेस गर्ने निर्णय गरेको हो । 

यसैगरी शैलजा आचार्य हृदय रोग उपचार केन्द्र सञ्चालन कार्यविधि २०८० लाई बैठकले स्वीकृत गरेको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले  राससलाई जानकारी दिए ।

बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को प्रदेश कार्यालय र आङ्गिक शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गर्न केन्द्र सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ । 

साथै बैठकले प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको पाँचौँ प्रतिवेदन प्रदेश सभामा पेस गर्ने निर्णय  गरेको प्रवक्ता राईले बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस