अपडेट : इलाम-२ मा ४२ प्रतिशत मतदान « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

अपडेट : इलाम-२ मा ४२ प्रतिशत मतदान


१५ बैशाख २०८१, शनिबार


काठमाडौँ । इलाममा क्षेत्र नम्बर-२ मा शान्तिपूर्ण रूपमा मतदान जारी छ । बिहान सात बजेदेखि सुरु भएको मतदानमा एक बजेसम्म ४२ प्रतिशत मात्रै मत खसेको छ ।

इलामका मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेका अनुसार बिहानको तुलनामा अहिले मतदान केन्द्रहरूमा भिडभाड बढेको बताए । उनले अहिलेसम्म ४२ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको बताए ।

बिहान भन्दा अहिले मतदान केन्द्रहरूमा मतदाताको भिड बढ्न थालेको छ । उनले भने,’ यो सङ्ख्या अझै बढ्छ भन्ने अनुमान छ ।

इलाम क्षेत्र नम्बर २ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेका छन् । इलाममा साँझ ५ बजेसम्ममा मतदान केन्द्र प्रवेश गर्ने मतदाताले मतदान गर्न पाउनेछन् । 

Tags :
प्रतिक्रिया दिनुहोस