चार हजार घुससहित अमिन पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

चार हजार घुससहित अमिन पक्राउ


११ पुस २०८०, बुधबार


अख्तियार

काठमाडौँ । चार हजार घुससहित अमिन पक्राउ परेका छन् । 

जग्गा नापजाँच गरी लालपुर्जा दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस-रिसवत लिएको आरोपमा नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाल पक्राउ परेका हुन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले अमिन ढकाललाई सेवाग्राहीबाट चार हजार रुपैयाँ घुस-रिसवत लिइसकेको अवस्थामा रकमसहित कार्यकक्षबाटै आज पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

उनलाई नियन्त्रणमा लिई  थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस