डा. अमरेशले भने-टेरामक्स खरिदमा भ्रष्टाचार भएको छ, कर्मचारीदेखि नेता सबैलाई समाउनुपर्छ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

डा. अमरेशले भने-टेरामक्स खरिदमा भ्रष्टाचार भएको छ, कर्मचारीदेखि नेता सबैलाई समाउनुपर्छ


११ पुस २०८०, बुधबार


काठमाडौँ । प्रतिनिधि सभाका सांसद डा. अमरेशकुमार सिंहले नेपाल दूरसञ्चार प्राधिकरणले अघि सारेको टेरामक्स खरिद प्रक्रियामा अपारदर्शी कारोबार भएको बताएका छन् ।

आज बुधबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सिंहले टेरामक्स खरिदका लागि लेनदेन अपारदर्शी भएको बताएका हुन् ।

‘यहाँ पैसाको लेनदेन पारदर्शी भएन । राष्ट्र बैंकलाई थाहा छैन । पैसा बोरामा बोकेर गएको कि प्लेनमा ?,’ बैठकमा बोल्दै सांसद सिंहले भने,’किनेको छ कि छैन ? किनेको भए किन जडान भएन ? हामी उद्देश्यहीन बैठक बसेका छौँ । चोख्याउन खोजेको हो कि कारबाही गर्न खोजेको हो ?’

उनले लेबनान आफैँ समस्यामा रहेको देश भन्दै हाम्रो देशको समस्या कसरी पार लाउँछ भनेर समेत प्रश्न गरेका छन् । टेरामक्समा भ्रष्टाचार भएको भन्दै उनले यसमा संलग्न नेता र कर्मचारी सबैलाई समाउनुपर्ने बताए ।

प्राधिकरणले घट्दो राजस्व र टेलिकम कम्पनीको पारदर्शीता एवं सेवाको गुणस्तर मापनका लागि आवश्यक रहेको भन्दै टेरामक्स जडान गर्ने योजना अघि सारेको थियो । ग्राहकको गोपनीयता र अन्य कारणले यो योजना विवादमा आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस