‘प्रचण्ड’ नेतृत्वको सरकारले एक बर्षमा गरेका कामको प्रगति विवरण सार्वजनिक (पूर्णपाठ) « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

‘प्रचण्ड’ नेतृत्वको सरकारले एक बर्षमा गरेका कामको प्रगति विवरण सार्वजनिक (पूर्णपाठ)


१० पुस २०८०, मंगलबार


Prachand_sambodhan

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारको प्रगति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ले नेतृत्व सम्हालेको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ३१ बुँदे ८८ पृष्ठ लामो कार्य प्रगति विवरण सार्वजनिक गरेको हो ।

‘यस अवधिलाई राष्ट्रलाई राजनीतिक स्थायित्व प्रदान गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको दिशामा अघि बढाउन तथा नेपाली जनताको सुख र समुन्नतिका लागि सरकारले विभिन्न नीति तथा कार्यक्रमलाई उच्च प्राथमिकता र प्रतिबद्धता साथ कार्यान्वयनमा ल्याएको छ ।’ प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको एक वर्षको अवधिमा सम्पन्न गरेका प्रमुख कार्यमा उल्लेख छ ।

सरकार गठन भएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकबाट देश र जनताको हितमा विभिन्न नीतिगत, कानूनी तथा संरचनागर सुधारका साथै सुशासन, सार्वजनिक सेवा प्रवाह लगायका क्षेत्रमा महत्त्वपूर्ण सुधारका निर्णय गरिएको दाबी गरिएको छ ।

पूर्णपाठ :

Tags :
प्रतिक्रिया दिनुहोस