अब विश्वविद्यालयमा भागबण्डा नगरी योग्य नेपालीले उपकुलपतिमा दाबी गर्न सक्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अब विश्वविद्यालयमा भागबण्डा नगरी योग्य नेपालीले उपकुलपतिमा दाबी गर्न सक्ने


१० पुस २०८०, मंगलबार


Puspkamal-dahal-Prachanada

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा नहुने बताएका छन्।

मङ्गलवार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा नहुने र संसारको कुनै पनि कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रष्ट र इमानदार खाकासहित उपकुलपतिमा दाबी गर्न सक्ने बताएका हुन्।

उनले भने,’अब विश्वविद्यालयहरूमा भागबण्डा हुनेछैन। संसारको कुनै पनि कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रष्ट र इमानदार खाकासहित उपकुलपतिमा दाबी गर्न सक्नेछन्। अब मेरिटोक्रेसी सुरु हुनेछ। त्रिभुवन विश्वविद्यालय त्यसको प्रस्थानबिन्दु बन्नेछ।’

उनले नेपालका विश्वविद्यालयहरू रित्तिँदै जाने र युवा जनशक्तिसँगै पुँजी पनि पलायन हुने डरलाग्दो अवस्था अन्त्य गर्न तथा शिक्षामा गुणस्तरीय प्रतिस्पर्धी जनशक्ति देशभित्रै उत्पादन गर्न बहुआयामिक कदम चालिने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस